images
images

सन सेक्युरिटीजको भिडिओ केवाइसी सेवा सुरु, एक नेपाली एक ब्रोकर खाताको लागि ‘मिसन ०८४’ अफर

सन सेक्युरिटीजको भिडिओ केवाइसी सेवा सुरु, एक नेपाली एक ब्रोकर खाताको लागि ‘मिसन ०८४’ अफर

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • सन सेक्युरिटीजको भिडिओ केवाइसी सेवा सुरु, एक नेपाली एक ब्रोकर खाताको लागि ‘मिसन ०८४’ अफर

    काठमाडौँ / सन सेक्युरिटीज प्राइभेट लिमिटेड (ब्रोकर नं. ६४)ले अनलाइनबाटै भिडियो केवाइसी सेवा सुरु गरेको छ । नयाँ बर्षको अवसरमा कम्पनीले अनलाइनबाटै भिडियो केवाइसीको माध्यमबाट डिम्याट खाता तथा ब्रोकर खाता खोल्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको हो ।

    images
    images

    नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सन सेक्युरिटिजले एक नेपाली एक ब्रोकर खाताको पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिई सो लक्ष्य प्राप्तिका लागि ‘मिशन ०८४’ अनावरण गरेको छ । 
    नयाँ वर्ष २०८१ को अवसर पारेर सन सेक्युरिटीजले ‘एक नेपाली एक ब्रोकर खाता’ भन्ने नाराका साथ २०८४ सम्ममा हरेक नेपालीको एउटा डिम्याट र एउटा ब्रोकर खाता खोल्ने अभियानको शुभआरम्भ गरेको छ । 

    वित्तीय स्वतन्त्रताका लागि लगानी एउटा माध्यम भएको र त्यसका लागि डिम्याट खाता र ब्रोकर खाता अनिवार्य रहेको हुँदा सन सेक्युरिटीजले ‘मिशन  ०८४’ अन्तर्गत ग्राहकहरूलाई चार विभिन्न आकर्षक अफरहरू प्रस्तुत गरेको छ :


    लाइफटाइम डिम्याट खाता अफर 

    यस अफर अन्तर्गत ग्राहकहरूले मात्र ६६४ रुपैयाँमा डिम्याट खाता तथा आजिवन डिम्याट नविकरण सेवा पाउनुहुनेछ । यससँगै ग्राहकहरूले अनिवार्य रूपमा ब्रोकर खाता समेत पाउनेछन् । 

    निःशुल्क डिम्याट र मेरो सेयर अफर 

    यस अफर अन्तरगत सन सेक्युरिटिजमा कारोबार खाता खोल्नुहुने ग्राहकहरूले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर सेवा प्राप्त गर्नुहुनेछ । 

    अटोमेटिक डिम्याट तथा मेरो सेयर नविकरण अफर

    यस अफर अन्तरगत सन सेक्युरिटिजमा कारोबार खाता तथा डिम्याट खाता खोली १ वर्ष भित्र १० पटक सेयर खरिद बिक्री गर्ने ग्राहकहरूको डिम्याट खाता तथा मेरो सेयर खाता सन सेक्युरिटिजले हरेक वर्ष निःशुल्क नविकरण गरिदिनेछ ।    

    निःशुल्क निःशुल्क बिओ टु बिओ अफर  

    सो अफर अन्तर्गत ग्राहकहरूले सन सेक्युरिटिजमा डिम्याट खाता तथा कारोबार खाता खोली कारोबार गर्ने क्रममा अर्को डिम्याट खातामा रहेको आफ्नो नामको सेयर सन सेक्युरिटिजमा रहेको आफ्नो डिम्याट खातामा ट्रान्सफर गर्न चाहेमा निःशुल्क बिओ टु बिओ (एउटै व्यक्तिको एक डिम्याटमा भएको सेयर अर्को डिम्याटमा लैजाने प्रकृयालाई बिओ टु बिओ भनिन्छ ।) सुविधा प्रदान गरिनेछ । 

    साथै यस सेवाका लागि काठमाडौँभित्र रहेका ग्राहकहरूलाई थप सेवा आवश्यक परेमा सन सेक्युरिटिजबाट निःशुल्क क्लरिकल सेवा समेत प्रदान गरिनेछ । सन सेक्युरिटिजमा अनलाइनबाट डिम्याट खाता तथा कारोबार खाता खोल्नका लागि निम्न बमोजिमको लिंकमा क्लिक गरेर खाता खोल्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार