images
images

स्मिथ एण्ड स्मिथ, रोमानियाबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार  र बम्परमा एक लाखसम्म जित्न सकिने

स्मिथ एण्ड स्मिथ, रोमानियाबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार  र बम्परमा एक लाखसम्म जित्न सकिने

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • images
    images
    स्मिथ एण्ड स्मिथ, रोमानियाबाट रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार  र बम्परमा एक लाखसम्म जित्न सकिने

    काठमाडौँ / रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैङ्क खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाउँदा हरेक हप्ता १० हजार रुपैयाँ र बम्परमा १ लाख रुपैयाँसम्म जित्ने सकिने भएको छ ।

    images
    images

    नयाँ वर्ष सँगै रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत रेमिट्यान्स पठाउँदा हप्तै पिछे १० हजार रुपैयाँ र बम्परमा एक जनाले एक लाख रुपैयाँसम्म जित्न सकिने भएको हो । यो योजना अप्रिल १३, २०२४ राति १२ बेदेखि लागु भई १५ जुलाइ २०२४ बेलुकी ११ः ५९ बजेसम्म सम्म मान्य हुनेछ। 

    ईसेवा मनी ट्रान्सफर, ग्राहकहरूलाई सहज सेवा प्रदान गर्न प्रतिबद्ध छ र विदेशबाट जुनसुकै मध्यमबाट पैसा पठाउन सकिने हुदा सहज सुविधाको सुनिश्चित पनि गर्दछ। सो अवसरमा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौँ।” 

    स्मिथ एण्ड स्मिथको साझेदारीमा यो योजना सुचारु भएसँग अब रोमानिया बस्दै गरेका नेपालीहरूले ईसेवा मनी ट्रान्सफरमार्फत सहज रूपमा नेपाल पैसा पठाई अफर को फाईदा लिन सक्नेछन् ।

    ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैङ्क तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

    ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरूलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

    सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार