images
images

सिटिजन्स बैङ्क र बेक एण्ड सेल्सबिच समझदारी, ग्राहकहरूले आकर्षक छुट पाउने

सिटिजन्स बैङ्क र बेक एण्ड सेल्सबिच समझदारी, ग्राहकहरूले आकर्षक छुट पाउने

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • सिटिजन्स बैङ्क र बेक एण्ड सेल्सबिच समझदारी, ग्राहकहरूले आकर्षक छुट पाउने

    काठमाडौँ / सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र काठमाडौँस्थित बेक एण्ड सेल्सबिच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैङ्कका कार्डबाहक र मोबाइल बैङ्किङ्ग ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, माहाराजगन्ज र सातदोबाटो शाखाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

    images
    images

    सो किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको छ । बैङ्कले डिजिटल बैङ्किङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । 

    डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैङ्क इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैङ्किङ्ग इकाइहरूबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैङ्किङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । 

    हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैङ्क इन्टरनेसनलले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार