काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १७ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७७ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ०९ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
यसैगरी, क्यानेडियन डलर एकको खरिद मूल्य ९६ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ११ पैसा, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ६९ पैसा र बिक्री दर ८ रुपैयाँ ७३ पैसा पर्नेछ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५० पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६९ पैसा र साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्