images
images

धितोपत्र बोर्डको कामु अध्यक्षमा रितेश शाक्य

धितोपत्र बोर्डको कामु अध्यक्षमा रितेश शाक्य

सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • धितोपत्र बोर्डको कामु अध्यक्षमा रितेश शाक्य

    काठमाडौँ / धितोपत्र बोर्डको कायममुकायम अध्यक्षमा रितेश शाक्यले जिम्मेवारी सम्हाल्ने भएका छन्। 

    images
    images

    धितोपत्र ऐनमा भएको संशोधन अनुसार अध्यक्षको पद रिक्त रहँदासम्म अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्न सक्ने व्यवस्था गरेको छ।  

    सम्पत्ती शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको विद्येयकमार्फत् यस्तो संशोधन गरिएको हो। 

    यो विद्येयक राष्ट्रपतिबाट समेत प्रमाणित भएर चैत ३० गते राजपत्रमा प्रकाशित भएको छ।  हालसम्म धितोपत्र बोर्डबाटै बरिष्ठ कार्यकारी निर्देशकले यसरी जिम्मेवारी सम्हाल्ने गर्दै आएका थिए। 

    पदावधि सकिएको कारण मात्र नभई सरकारले हटाएमा वा निलम्बन गरेको अवस्थामा पनि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने कर्मचारीले नै धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था समेत संशोधनले गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार