images
images

गोसाइँकुण्डमा केबुलकार बनाउन पहल गर्छु : कानुन मन्त्री गिरी

गोसाइँकुण्डमा केबुलकार बनाउन पहल गर्छु : कानुन मन्त्री गिरी

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • गोसाइँकुण्डमा केबुलकार बनाउन पहल गर्छु : कानुन मन्त्री गिरी

    रसुवा / कानुन तथा संसदीय व्यवस्थामन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेर भए पनि  गोसाइँकुण्डमा केबुलकार निर्माण गर्न पहल गर्ने बताएका छन् ।

    images
    images

    गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप भलिबलखेल, १२ औँ रेडपाण्डा ट्राफिक तथा २९ वन्यजन्तु सप्ताहको मङ्गलबार धुञ्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले सो कुरा बताएका हुन् । 

    मन्त्री गिरीले केबुलकारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बुँदा समयसापेक्ष परिमार्जन गरी स्थानीयवासीको माग र आवश्यक्ता पुरा गर्न/गराउन आफू प्रतिबद्ध रहेको बताए । 

    कुनै पनि कार्य गर्दा वा गराउँदा जैविक विविधताको संरक्षणलाई ध्यानमा राखी गरिने उनको भनाइ छ । कानुनमन्त्री गिरीले आजै सीमावर्ती रसुवागढी क्षेत्रको भ्रमण गरी सीमाबाट वारिपारि आउजाउका विषयमा समेत जानकारी लिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार