images
images

तेस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ३० करोड नाफा, अन्य सूचक कस्तो ?

तेस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ३० करोड नाफा, अन्य सूचक कस्तो ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ३० करोड नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी नाफा  कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा २४।१३ प्रतिशतले कम हो । गत आर्थिक बर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा भने कम्पनीले ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको थियो । 

    गत कम्पनीको इम्पेयरमेन्ट चार्ज २ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १३.७४ प्रतिशत बढेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर १२ रुपैयाँ २० पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा रहेको छ।

    ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ४ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार