images
images

तेस्रो त्रैमाससम्म नबिल बैंकले कमायो ४ अर्ब ६६ करोड नाफा, अन्य सूचक कस्तो ?

तेस्रो त्रैमाससम्म नबिल बैंकले कमायो ४ अर्ब ६६ करोड नाफा, अन्य सूचक कस्तो ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमाससम्म नबिल बैंकले कमायो ४ अर्ब ६६ करोड नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / नबिल बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०८०/८१ तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले घटेको छ ।

    images
    images

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ८.७६ प्रतिशतले घट्न पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँबाट बृद्धि भई १२ अर्ब ५५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

    यस बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । ३ अर्ब ३३ करोड रहेको उक्त चार्ज अहिले घटेर ३ अर्ब २३ करोड झरेको छ । यस्तै, सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । 

    बैंकको वितरण योग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७८ करोड रुपैयाँ छ ।

    नबिलको खराब कर्जा दर १.९८ प्रतिशत विन्दुबाट घटेर १.२७ प्रतिशत कायम भएको छ । प्रतिसेयर आम्दानी १.९७ रुपैयाँले घटेर २३.२४ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २०८.३९ रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार