images
images

९ महिनामा सानिमा बैंकको नाफा १ अर्ब ४३ करोड, प्रतिशेयर आम्दानीसहित अन्य सूचांक कस्तो ?

९ महिनामा सानिमा बैंकको नाफा १ अर्ब ४३ करोड, प्रतिशेयर आम्दानीसहित अन्य सूचांक कस्तो ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • ९ महिनामा सानिमा बैंकको नाफा १ अर्ब ४३ करोड, प्रतिशेयर आम्दानीसहित अन्य सूचांक कस्तो ?

    काठमाडौँ / सानिमा बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १५.९० प्रतिशतले कम हो । गत वर्ष यसले १ अर्ब ७१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    चैत मसान्तसम्म बैंकले ४ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ९४ करोड रुपैयाँ, सञ्चालन नाफा २ अर्ब ६ करोड रुपैयाँ छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ र जगेडा कोष ५ अर्ब ६५ करोड रुपैयाँ छ । साथै, बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

    बैंकले यस अवधिमा खराब कर्जा पनि घटाएको छ । गत वर्षको चैतमा २.२७ प्रतिशत खराब कर्जा रहेकोमा यस वर्ष घटाएर १.८९ प्रतिशतमा झारेको छ ।

    बैंकको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी समेत प्रभावित बन्न पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६८५.०९ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १४७.२४ रुपैयाँ रहेको छ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार