images
images

कामना सेवा विकास बैङ्कद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैङ्कद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • कामना सेवा विकास बैङ्कद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौँ / कामना सेवा विकास बैङ्कले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका विद्यार्थी तथा कार्यरत डाक्टरहरूलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा करिव २०० जना डाक्टर तथा विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैङ्कले जनाएको छ । 

    वित्तीय साक्षरता कार्यक्रमसँगै डाक्टर, विद्यार्थी र बैङ्कका कर्मचारीहरूको संयुक्त हाइकिङ्ग कार्यक्रम राखिएको थियो । पोखराको ड्यामसाइडदेखि विश्व शान्ती स्तुपासम्म गरिएको हाइकिङ्ग कार्यक्रममा बैङ्कका उच्च व्यवस्थाकिय कर्मचारी तथा मेडिकल कलेजका डाक्टरहरूको उपस्थिती रहेको थियो ।

    सो, कार्यक्रमपश्चात गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैङ्कबिच सेवा छुट सम्वन्धी समेत सम्झौता भएको छ । 

    उक्त सम्झौता पश्चात कामना सेवा विकास बैङ्कका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैङ्कको मोवाइल बैङ्किङ्ग सेवा तथा कार्डवाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । 

    उक्त छुट सम्वन्धी सम्झौतामा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । हाल बैङ्कले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार