images
images

ग्यासको मूल्य यथावत, एलपी ग्यास उद्योगी र सरकारबिच भएको ५ बुँदे सहमतिमा केके छन् ?

ग्यासको मूल्य यथावत, एलपी ग्यास उद्योगी र सरकारबिच भएको ५ बुँदे सहमतिमा केके छन् ?

बुधवार, फागुन २१ २०८१
बुधवार, फागुन २१ २०८१
  • images
    images
    ग्यासको मूल्य यथावत, एलपी ग्यास उद्योगी र सरकारबिच भएको ५ बुँदे सहमतिमा केके छन् ?
    images
    images

    काठमाडौँ / एलपी ग्यास उद्योगीहरूले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरू स्थगीत भएका छन् । मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

    images
    images

    मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्यास व्यवसायीबीच भएको वार्ताबाट सहमति भएको हो । 
    सहमतिमा फागुन १८ गते वाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरेको जानकारी गरिएको छ भने, मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्यासको आपूर्ति सहज निगमले उपसमिति बनाइ अध्ययन गरी अघि बढाउने, व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाई काम अघि बढाउने कुराहरू उल्लेख गरिएका छन् ।

    न्त्रालयमा भएको छलफलपछी एलपी ग्यासको प्रति सिलिन्डिर १२ रूपैयाँ ७५ पैसा मूल्य बढाउने सहमती भएको छ । नेपाल आयल निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमती भएपनी उपभोक्तामाथी भने उक्त भार नथपिने निगमले जनाएको छ ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्यासमा प्रतिसिलिन्डिर १२ रूपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनी त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै व्यहोर्नेछ । 

    आयल निगमलाई अहिले प्रतिसिलिन्डिर ३३० रुपैयाँ घाटा रहेको छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको निगमले जनाएको छ । अहिले दैनिक रूपमा १ लाख सलिन्डिर बिक्री हुने गरेको निगमले जनाएको छ । उद्योगीसँगको सहमतीअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डिर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ । ग्यास उद्योगीहरूसँग भएको सहमती अनुसार आन्तरीक र बाह्य ढुवानी भाडा समायोजन भएको छ । 

    उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याहरू समाधान गर्ने बिषयमा सरकार सकारात्मक रहेको बताएकाछन् । उद्योगीका उपयुक्त मागहरू सरकारले प्राथमिकतामा राख्ने बताउँदै उनले सरकार सबैको हो भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार