images
images

नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • images
    images
    नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

    काठमाडौँ / नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ । कमलपोखरीस्थित क्लासिक फिटनेश एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो ।

    images
    images

    क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाइज (एसीई)को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो । एसीइबाट सम्बन्धन लिएर जिम प्रशिक्षक ट्रेनिङ (क्लास) सुरु गरेको क्लासिक फिटनेश एकेडेमीका प्रबन्ध निर्देशक रोजल शाहीले जानकारी दिए ।

    नेपालमा प्रशस्त जिम सेन्टरहरू खोलिएका छन् र खोलिने क्रममा छ । तैपनि भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको प्रबन्ध निर्देशक शाहीको भनाइ छ ।

    ‘पछिल्लो समय शारीरिक स्वास्थ्यता र आफूलाई फिट एण्ड राइट राख्नका लागि जिम गर्नेहरूको जमात बढ्दै गएको छ’, निर्देशक शाहीले भने, ‘थुप्रै जिम सेन्टरहरू पनि खुलेका छन् । तर, आवश्यक दक्ष ट्रेनरहरू पाउने अवस्था छैन । त्यसैले अन्तराष्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

    अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरूमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो ।’

    जिम ट्रेनर प्रशिक्षकले एसीइलगायत पाँच किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनेछन् । इआरइपीएस फिटनेशका लागि युरोपभरी मान्यता प्राप्त छ । अन्य सर्टिफिकेटहरू पनि भारत, अमेरिकालगायतमा मान्यता प्राप्त हुनेछन् । अहिलेपनि जिम ट्रेनरको क्लास भइरहे पनि औपचारिकरूपमा भने बैशाख १७ गतेदेखि सुरु हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार