चर्चित समाचार
  • ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबिच सम्झौता, बिवाइडि गाडी किन्दा सहजै कर्जा पाइने

    ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबिच सम्झौता, बिवाइडि गाडी किन्दा सहजै कर्जा पाइने

    आइतवार, जेठ ६ २०८१
    आइतवार, जेठ ६ २०८१
  • ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबिच सम्झौता, बिवाइडि गाडी किन्दा सहजै कर्जा पाइने

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेड र सिमेक्स इंक प्रा.लिबिच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिमेक्स इंक तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाइडि ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूलाई सहजै कर्जा उपलब्ध गराउन बैङ्क र कम्पनीबिच उक्त सम्झौता भएको हो । 

    सम्झौतासँगै अब बिवाइडि खरिद गर्न चाहनेले आवश्यक कागजात तथा विवरणसहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैङ्कले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ । 

    ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैङ्कले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । 

    उक्त समझदारी पत्रमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंकका तर्फबाट सेल्स तथा सोरूम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 
    ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैङ्किङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । 

    बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार