images
Logo
images
images
images

सिटिजन्स बैंकद्वारा कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • images
    images
    सिटिजन्स बैंकद्वारा कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

    काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । 

    images
    images

    विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने हेतुले बैंकले विद्यालय पोशाक प्रदान गरेको हो ।

    विद्यालयमा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप विद्यार्थीहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

    समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरु देशको भविष्यका कर्णधार भएका र उनीहरुलाई सानो भएपनि सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी महशुस भएको बताए ।

    संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार