images
images

नेपाली सेनाका अधिकृतहरूले गरे नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

नेपाली सेनाका अधिकृतहरूले गरे नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • नेपाली सेनाका अधिकृतहरूले गरे नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

    काठमाडौँ / नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि।सं। १२ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको बैशाख १० गते अवलोकन भ्रमण गरेका छन् । 

    images
    images

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाली सेनाका प्रशिक्षार्थी अधिकृतहरुसँगको अन्तरक्रियाका क्रममा देशमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल नेपालले नेपाली सेनासँग आपसी समन्वय र सहकार्यकासाथ कार्यसम्पादन गर्दै आईरहेको बताउदै यस प्रकारको समन्वय र अन्तरक्रियाले सुरक्षा संगठनहरुबीचको आपसी सहयोग र सहकार्य थप प्रभावकारी भई देश र जनताको सुरक्षामा थप प्रेरित भएर लाग्न हौसला मिल्ने उल्लेख गरे । 

    अवलोकन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमले प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी राखेका विविध जिज्ञासाहरूका बारेमा प्रष्ट पारेका थिए । 

    कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सशस्त्र प्रहरी बल नेपालको काम, कर्तव्य र जिम्मेवारी लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । 

    प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए । 

    कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले प्रधान कार्यालयमा अवस्थित Border Resource and Research Center (BRRC) ले सम्पादन गर्दै आईरहेको कामकारवाही सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । 

    सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम र नेपाली सेनाका उपरथी सागर बहादुर थापाले संगठनको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गरेका थिए । 

    कार्यक्रममा महासेनानी हरि विश्वकर्माले अवलोकन भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । अवलोकन भ्रमणमा नेपाली सेनाका ३५ जना प्रशिक्षार्थी तथा ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार