images
images

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

बुधवार, बैशाख १२ २०८१
बुधवार, बैशाख १२ २०८१
  • बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय
    images
    images

    गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा मङ्गलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्लोरिडा पुगेका छन् । 

    सन् २०१६ र २०२० को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेको र रिपब्लिकन गभर्नर रोन डेसान्टिसको नेतृत्वमा रहेको दक्षिणपूर्वी राज्य करिब एक दशकदेखि डेमोक्र्याटको पहुँचभन्दा बाहिर रहेको छ । 

    तर ट्रम्पको कार्यकालमा सर्वोच्च अदालतले गर्भपतन गर्न पाउने सङ्घीय अधिकारलाई खोसेपछि रिपब्लिकनहरूको विशेष प्रभाव भएका राज्यहरूमा पनि मतदाताहरू यस मुद्दामा एकजुट भएका छन् ।

    यसैबीच नोभेम्बरमा ह्वाइट हाउसको पुनरागमनको लागि प्रचार गर्न अदालत छोड्न नपाउने भएपछि ट्रम्पले मङ्गलबार न्यूयोर्कमा आफ्नो गोप्य लेनदेनसम्बन्धी सुनुवाईमा भाग लिनुहुने भएको छ । 

    मे १ देखि लागू हुने सर्वोच्च अदालतबाट हालै फैसला भएको छ हप्तापछिको गर्भपतनमा प्रतिबन्धलाई कायम राखेको निर्णय फ्लोरिडाका मतदाताले कसरी लिनेछन् भन्ने बिषय दुवै पक्षका लागि उच्च जोखिमको बिषय देखिएको छ ।

    गर्भपतनको अधिकार सुनिश्चित गर्ने प्रतिबन्धसम्बन्धी नियम (कानुन) पनि नोभेम्बरमा हुने चुनावपछि फुकुवा हुन सक्छ । सर्वोच्च अदालतले गर्भपतनको अधिकार नियमनलाई फिर्ता गरेदेखि २१ वटा राज्यहरूले गर्भपतनमा प्रतिबन्ध लगाएका छन् वा कडा प्रतिबन्ध लगाएका छन् ।

    यद्यपि हरेक पटक यो मुद्दा प्रत्यक्ष रूपमा मतदाताहरूमा जाँदा गर्भपतनको पक्षधरहरूले जितेका गर्भपतन अधिकारका अभियानकर्ताहरूले उल्लेख गरेका छन् । 

    राष्ट्रपति वाइडेनका चुनावी अभियानका प्रवक्ता जुली चाभेज रोड्रिगेजले फ्लोरिडामा जित हासिल गर्न सजिलो राज्य नभए पनि राष्ट्रपति बाइडेनका लागि यो जित योग्य राज्य भएको बताउनुभएको छ । 

    “हरेक दिन ट्रम्पका कारण अमेरिकी महिलाहरूले सामना गरिरहेको त्रास (गर्भपतन सम्बन्धी निर्णय)का लागि जिम्मेवार यस घटनालाई अमेरिकीहरूले कुनै न कुनै तरिकाले बिर्सनेछन् र यसपटक पनि आफुलाई जिताउनेछन् भन्नेमा ट्रम्प आशावादी रहेको देखिन्छ । 

    आजीवन क्याथोलिक धर्मावलम्बी रहेका ८१ वर्षीय बाइडेनले लामो समयदेखि गर्भपतनका विषयमा ट्रम्पसँग लड्दै आएका छन् । धर्मसँग कमजोर सम्बन्ध भएका ट्रम्पले सन् २०२२ मा सर्वोच्च अदालतले ‘रो भर्सेज वेड’लाई उल्टाउने निर्णयमा आफ्नो भूमिकाबारे घमण्ड गर्दै आएका छन् । 

    उक्त फैसलाले ट्रम्पले नियुक्त गरेका परम्परावादी न्यायाधीशहरूले गर्भपतनको संवैधानिक अधिकारलाई कायम राख्ने आधा शताब्दी लामो कानुनी नजिरलाई खारेज गरेको थियो ।

    रिपब्लिकन–नियन्त्रित राज्यहरूमा महिलाहरूले प्रजनन हेरचाहमा पहुँच गर्न विविध समस्याहरूको सामना गर्नुपरेको छ ।  यसमा गैर–व्यवहार्य गर्भधारण र आईभीएफ उपचार पनि समावेश छ ।

    अधिकांश अमेरिकीहरू कम्तिमा केही गर्भपतन सुरक्षाको पक्षमा रहे पनि सर्वोच्च अदालतको निर्णय धार्मिक अधिकारको लागि एउटा महत्त्वपूर्ण विजय थियो । त्यसपछि ट्रम्पले १५ हप्ताको प्रतिबन्धमा हस्ताक्षर गर्ने र यो निर्णय राज्यको भएको बताएका थिए । 

    चाभेजले भने, “डेमोक्र्याटहरूले यसलाई खरीद गर्दैनन् तथापि ट्रम्प र उहाँका सहयोगीहरूले प्रजनन अधिकारमा उनीहरूको आक्रमण रोक्ने कुनै सङ्केत देखाएका छैनन् ।” 

    यसैबीच ट्रम्पका कन्जरभेटिभ उपराष्ट्रपति माइक पेन्सले न्युयोर्क टाइम्समा लेख्नुभएको छ, “आफ्ना पूर्व मालिकले ‘जीवनपयोगी आन्दोलनलाई धोका दिनुभएको छ ।” 

    कन्जरभेटिभ राज्यहरूमा गर्भपतन अधिकारको मत सफल भए तापनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ । सन् २०१६ मा डेमोक्र्याटिक पार्टीको प्राथमिकतामा रहेको न्यूनतम पारिश्रमिक बढाउने उपाय राष्ट्रपतिका लागि छनोटसँगै मतदानमा राखिएको थियो ।

    ट्रम्पले जस्तै पारिश्रमिक बढाउने निर्णयले बहुसङ्ख्यक मतदाताको मन जितेको छ र यस मुद्दाले बाइडेनलाई सहयोग पुग्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार