images
images

मधेशी एकता समाज कतारद्वारा नयाँ बर्ष, जुडशीतल र ईद पर्वको अवसरम सांस्कृतिक कार्यक्रम आयोजना

मधेशी एकता समाज कतारद्वारा नयाँ बर्ष, जुडशीतल र ईद पर्वको अवसरम सांस्कृतिक कार्यक्रम आयोजना

आइतवार, बैशाख १६ २०८१
आइतवार, बैशाख १६ २०८१
  • images
    images
    मधेशी एकता समाज कतारद्वारा नयाँ बर्ष, जुडशीतल र ईद पर्वको अवसरम सांस्कृतिक कार्यक्रम आयोजना

    काठमाडौँ / मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बैशाख १४ गते शुक्रबारको दिन समाजको कतार शाखाले दोहाको सनैयास्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो । 

    images
    images

    कतार शाखाका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।  त्यसतै, समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रूपमा सहभागी रहेका थिए ।

    कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिका साथै पत्रकार एवं बुद्धिजीविहरूको पनि बाक्लो उपस्थिति थियो । प्रमुख अतिथि एवं मधेश प्रदेशका अर्थमन्त्री यादवले नेपालको वर्तमान राजनीति र मधेशको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राखेका थिए ।

    नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले रोजगारीको सिलसिलामा कतारमा रहेका लगभग साढे तिन लाख नेपालीमध्ये प्रदेशको हिसाबले मधेश प्रदेशबाट कतारमा सबैभन्दा धेरै नेपाली दाजुभाई रहेको बताए ।

    मधेशका दाजुभाई नेपालबाट कतार आउँदा धेरै ठगिएको आफूले पाएको बताउदै कार्यवाहक राजदूत राईले आगामी दिनमा ठगिनबाट जोगिन सबैलाई आग्रह गरे । आफू मध्यपहाडी भेगको भएपनि मधेसका दाजुभाईप्रति अत्यन्तै माया र सम्मान रहेको उनको भनाइ थियो ।

    समाजका संस्थापक डा. यादवले मधेशका सबै जातजाति र समुदायलाई एकताबद्ध गर्नु, मधेशका भाषा र संस्कृतिको संरक्षण गर्नु एवं देश र मधेशको विकासमा योगदान दिनु मधेशी एकता समाजको मुख्य उद्देश्य रहेको बताए । 

    0.jpg

    यस्तै, मधेशको सामाजिक विकृति विसंगति उन्मूलनमा योगदान, मधेशीमा आत्मनिर्भरताको विकास र मधेशी परम्पराको संरक्षणलगायतका कार्यहरू पनि एकता समाजको लक्ष्य रहेको डा. यादवको भनाइ थियो ।  

    कार्यक्रममा सहभागी हुन कतारभरिबाट सयौंको संख्यामा मधेशी समुदायका व्यक्तिहरू दोहा पुगेका थिए । सो अवसरमा उनीहरूले एकअर्कालाई शुभकामना आदानप्रदान गरेका थिए ।

    कार्यक्रममा तराई–मधेसका सांस्कृतिक गीत तथा नृत्यहरू प्रस्तुत गरिएका थिए । यस्तै अतिथिदेखि सहभागीहरूलाई तराई–मधेसको सांस्कृतिक खानाका परिकार पस्किएको थियो ।

    कतार शाखाका महासचिव चन्द्रवीर यादवले सञ्चालन गरेको कार्यक्रममा कतार शाखाका अध्यक्ष महतोले निमन्त्रणा स्वीकार गरी कार्यक्रममा उपस्थित भएका सबैलाई नयाँ वर्ष, जुडशीतल र ईद उल फित्र पर्वको शुभकामना दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार