काठमाडौँ / बझाङको प्नदेश सभा ९१० सदस्यका लागि सम्पन्न उपचुनावमा एकीकृत समाजवादीका उम्मेदवारसहित आठजनाको जमानत जफत भएको छ।
निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।
आयोगको अनुसार यो उपनिर्वाचनमा ११ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए। उनीहरूमध्ये एमाले निर्वाचित भएको छ भने कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ।
मतदान गरेका ३० हजार तीन सय २८ जनामध्ये २९ हजार सात सय चार मत सदर भएको थियो। जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो।
जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरको जमानत जफत भएको हो । उक्त उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् ।
जसमा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत मात्र पाएका छन् भने, राप्रपाका किशोरकुमार खड्काले दुई सय ४२ मत ल्याउँदा अन्य उम्मेदवारले ५० मत पनि कटाएका छैनन् ।
निर्वाचनमा जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’तर निर्वाचित उम्मेदवारको हकमा भने यो कुरा लागू नहुने ऐनमा उल्लेख छ ।
यी हुन् धरौटी जफत भएका उम्मेदवारहरू
दिलबहादुर सिंह, एकीकृत समाजवादी– २५१४
किशोर कुमार खड्का,राष्ट्रिय प्रजातन्त्र पार्टी– २४२
रामबहादुर जाग्री,जनता समाजवादी पार्टी– ४४
गजेन्द्रबहादुर थापा,राष्ट्रिय मातृभूमि पार्टी– ३५
दिपकबहादुर खड्का,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– २८
शुशिला देवी विष्ट, जनमत पार्टी– २६
खगेन्द्रबहादुर शाही, नेपाल मजदुर किसान पार्टी– २४
कमल घर्तीमगर, नेशनल रिपब्लिक नेपाल– २