काठमाडौँ / कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित ओम मुक्तिनाथ पोलिक्लिनिकसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।