चर्चित समाचार
  • आजदेखि पेट्रोल, डिजेल तथा मट्टितेल सस्तियो, प्रतिलिटर कति ?

    आजदेखि पेट्रोल, डिजेल तथा मट्टितेल सस्तियो, प्रतिलिटर कति ?

    बिहिवार, जेठ ३ २०८१
    बिहिवार, जेठ ३ २०८१
  • आजदेखि पेट्रोल, डिजेल तथा मट्टितेल सस्तियो, प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आजदेखि लागु हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । 

    निगमका अनुसार आजदेखि पेट्रोल प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटेको छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर १६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७० र तेस्रो वर्गका लागि १७१ कायम भएको छ ।

    डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १५१ रुपैयाँ ५० पैसा, १५३ रुपैयाँ र १५४ रुपैयाँ पुगेको छ । 

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ ।  

    नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागु हुनेछ ।

    इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

    आइओसीले बुधबार पेट्रोलको मूल्यमा प्रतिलिटर छ रुपैयाँ ७५ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ नौ पैसाले घटाएर नयाँ बिक्री मूल्य पठाएको निगमले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार