images
images

एलिट क्यापिटल र रिलायन्स फाइनान्सबिच सम्झौता, अब ग्राहकहरूले थप केके सुविधा पाउलान् ?

एलिट क्यापिटल र रिलायन्स फाइनान्सबिच सम्झौता, अब ग्राहकहरूले थप केके सुविधा पाउलान् ?

बिहिवार, बैशाख २० २०८१
बिहिवार, बैशाख २० २०८१
  • images
    images
    एलिट क्यापिटल र रिलायन्स फाइनान्सबिच सम्झौता, अब ग्राहकहरूले थप केके सुविधा पाउलान् ?

    काठमाडौँ / एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबिच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाको रुपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजारसम्बन्धि सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका हुन् ।

    images
    images

    दुबै संस्थाविच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन ।

    सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ । यसबाहेक लगानीकर्ताहरुलाई सेयर कारोवार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोवार खाता एवम अनलाईन टिएमएस सेवा समेत उपलव्ध गराईने भएको छ । 

    साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलव्ध गराउनेछ । एलिट क्यापिटलले १९९९ रुपैंयामा एकपटक खोलेपछि आजिवन नविकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैँयामा १० बर्षसम्म नविकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ । 

    यस्तै, रिलायन्स फाइनान्सका खातावालहरुका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ । उपत्यकाबाहिरका शाखाहरुमा डिम्याट खाता र ब्रोकरको खाताका लागि ग्राहकहरुबाट धेरै अनुरोध आएकाले सहजिकरण गर्न र दुबै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्नका लागि सो सम्झौता गरिएको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार