images
images

हिमालयन बैङ्कद्वारा प्रहरी कार्यालय, वीरगन्जलाई ३ लाखबढीको सामग्री प्रदान

हिमालयन बैङ्कद्वारा प्रहरी कार्यालय, वीरगन्जलाई ३ लाखबढीको सामग्री प्रदान

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • हिमालयन बैङ्कद्वारा प्रहरी कार्यालय, वीरगन्जलाई ३ लाखबढीको सामग्री प्रदान
    images
    images
    images
    images

    काठमाडौँ / हिमालयन बैङ्क लिमिटेडले प्रहरी कार्यालय, वीरगन्ज, पर्सालाई ३ लाख रुपैयाँ बढीको सामग्री खरिद गरी प्रदान गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको चेस्ट स्ट्रयापसहित पाँच थान गो प्रो हिरो १२ क्यामरा सहयोग गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्साको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरूको निगरानी तथा रोकथाम गर्न बैङ्कले जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई सो सहयोग प्रदान गरेको हो ।

    बैङ्कका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैङ्कका मधेश प्रदेशका प्रदेश     प्रमुख सागरकुमार रेग्मीले सहयोग स्वरूप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे । 

    उक्त समारोहमा बैङ्कका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com