images
images

लक्ष्मी सन्‌राइज बैंकले सार्वजनिक गर्यो ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’

लक्ष्मी सन्‌राइज बैंकले सार्वजनिक गर्यो ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • लक्ष्मी सन्‌राइज बैंकले सार्वजनिक गर्यो ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’

    काठमाडौँ / लक्ष्मी सन्‌राइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ ।  

    खुत्रुकेदेखि समुन्नतीसम्मको यात्रा

    फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ । उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविध्युतजस्ता ठुला परियोजनाहरूमा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनी पढ्न पाउँदछ । 

    लक्ष्मी सन्‌राइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।

    सफलताको गाथा बुन्दै

    बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ । यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरू पनि यस फिल्ममा समेटिएको छ ।
     
    साझा समृद्विको उत्सव मनाउँदै

    यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरूको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ । र बचत गर्नु हुने बैंकका ग्राहकहरू नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ ।

    तसर्थ, यस फिल्मले बचत तथा बैँकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनः परिभाषित गर्ने लक्ष्मी सन्‌राइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार