images
images

संसद्का कामकारबाही र अभ्यासलाई इमान्दारपूर्वक सम्प्रेषण गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

संसद्का कामकारबाही र अभ्यासलाई इमान्दारपूर्वक सम्प्रेषण गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • संसद्का कामकारबाही र अभ्यासलाई इमान्दारपूर्वक सम्प्रेषण गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

    धुलिखेल / राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का कामकारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । 

    सङ्घीय संसद्, राष्ट्रियसभाका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रियामा उनले आफूले लेखेका समाचारलाई आमनागरिकले कुन रुपमा लिएका छन् भनी आत्मसमीक्षा गर्नसमेत अनुरोध गरे । 

    अध्यक्ष दाहालले भने, “पत्रकारले आफूप्रति इमान्दार भएर समाचार लेखेको हो, त्यसलाई जनताले कुन रुपले लिए भनेर आत्मसमीक्षा गर्नुपर्छ ।” राष्ट्रियसभाका गतिविधि, साझा सहमति र निर्धारित कार्यसूचीका आधारमा अघि बढिरहेको जानकारी दिँदै उनले सदनबाट भए÷गरेका उपलब्धिलाई जनतासमक्ष सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार जगत्लाई आग्रह गरे । 

    राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसदीय अभ्यासलाई चुस्तदुरुस्त तुल्याउन र राज्यप्रणालीलाई बलियो बनाउन संसद् र सञ्चारमाध्यम मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

    उनले जनताका समस्या, माग, मुद्धा र समाजका गतिविधिका विषय सदनमा पु¥याउने र सदनमा उठेका सवाल जनता समक्ष पु¥याउन सञ्चार जगत्बाट सकारात्मक सहयोगको अपेक्षा गरे । 

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले संसद्मा भएका गतिविधिलाई जस्ताका तस्तै जनतासमक्ष पु¥याउन र जनताका विषयवस्तु सदनमा ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए । 

    राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले आमनागरिकको सरोकारका मुद्धामा संसद्मा छलफल र बहस हुन्छ भन्ने विषय जनतामा सञ्चार गर्न मिडियाको ठूलो भूमिका रहन्छ भने । 

    संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का प्रतिनिधि यमबहादुर किसानले नेपालको संविधानमा उल्लेख भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरेपक्षता र समावेशिताको प्रवद्र्धन र नागरिकमा सही सूचना सम्प्रेषण गर्ने कार्यमा आफ्नो संस्थाले सहयोग पु¥याउँदै आएको जानकारी दिए । 

    राजधानीबाट प्रकाशित तथा प्रसारित सञ्चारमाध्यमका करिब ३० सञ्चारकर्मीको सहभागिता रहेको दुईदिने कार्यक्रममा राष्ट्रियसभा नियमावलीको व्यवस्था, समाचार सङ्कलनमा पत्रकारले ध्यान दिनुपर्ने विषय, संसदीय खुलापन, बाह्य पहुँचसम्बन्धी पत्रकारको दृष्टिकोण र वर्तमान अवस्था, नेपालमा राष्ट्रियसभाः विगत र वर्तमान, कानुन निर्माण प्रक्रिया र सञ्चार जगत्को भूमिका विषयमा विज्ञले प्रस्तुति दिनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार