images
images

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति ?

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति ?

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति ?

    काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्सले यसअघि घोषणा गरेको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई २५ बोनस सेयर र ९.५० प्रतिशत नगद गरी साढे ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

    images
    images

    तर कम्पनीले नगदतर्फको लाभांश संशोधन गर्दै कर प्रयोजनार्थ १.३१५८ प्रतिशत मात्र नगद लाभांश वितरण गरिने जनाएको हो ।  योसँगै अब कम्पनीले बोनस सेयरतर्फ २५ प्रतिशत र नगदतर्फ १.३१५८ गरी कूल २६.३१५८ प्रतिशत मात्र लाभांश वितरण गर्नेछ । 

    हाल कम्पनीको कूल चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ । यसै चुक्ता पुँजीलाई आधार मानेर कम्पनीले बोनस र नगद गरी २६.३१५८ प्रतिशत लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाले पास गरेपछि उक्त लाभांश सेयरधनीहरूले प्राप्त गर्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार