images
images

शुक्रबारसम्म काठमाडौँको यी क्षेत्रहरूमा दिउँसो ५ घण्टा विद्युत आपूर्ति बन्द, यस्तो छ कारण

शुक्रबारसम्म काठमाडौँको यी क्षेत्रहरूमा दिउँसो ५ घण्टा विद्युत आपूर्ति बन्द, यस्तो छ कारण

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • images
    images
    शुक्रबारसम्म काठमाडौँको यी क्षेत्रहरूमा दिउँसो ५ घण्टा विद्युत आपूर्ति बन्द, यस्तो छ कारण

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न  क्षेत्रहरूमा दिउँसो ५ घण्टा बिजुली अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै आजदेखि आगामी ती स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको हो । 

    images
    images

    प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रअन्तर्गत फोर्स बसपार्कदेखि तेज विनायक चोकसम्म बिद्युत आपूर्ति अवरुद्ध भएको थियो । सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मको क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । 

    त्यस्तै, मङ्गलबार पुनः जोरपाटी वितरण केन्द्र अन्तर्गतको क्षेत्र प्रभावित हुनेछ भने बुधबार कुलेश्वर वितरण केन्द्र, बिहीबार जोरपाटी वितरण केन्द्र र शुक्रबार कीर्तिपुर केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका अनुसार कुलेश्वर, कीर्तिपर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य भइरहेको छ । जसले गर्दा ती स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ । 

    notice.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार