images
images

काठमाडौँमा आँखा शिविर सम्पन्न, करिब ४ हजार जना लाभान्वित

काठमाडौँमा आँखा शिविर सम्पन्न, करिब ४ हजार जना लाभान्वित

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • images
    images
    काठमाडौँमा आँखा शिविर सम्पन्न, करिब ४ हजार जना लाभान्वित

    काठमाडौँ / तिलगंगा आँखा अस्पतालको आयोजनामा काठमाडौँमा ६ दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल स्काउटका राष्ट्रिय कमिटी सदस्य तथा आयुक्त शिवराम अर्यालको संयोजनमा आँखा शिविर सम्पन्न भएको हो ।

    images
    images

    सो आँखा शिविरमा करिब ४ सय जनाको आँखाको शल्यक्रिया गरिएको छ भने करिब ४ हजार जनाले आँखाको उपचार गराएका छन् । 

    विभिन्न जिल्लाबाट घरदैलो कार्यक्रम गरेर बिरामीलाई उपचारका लागि काठमाडौं ल्याइएको र उक्त शिविरमा खान बस्नका लागि समेत निशुल्क व्यवस्था गरिएको संयोजक शिवराम अर्यालले बताए ।

    विगत २५ वर्षदेखि निरन्तर यो किसिमको आँखा शिविर गर्दै आएको तिलगंगा आँखा अस्पतालले हजारौँ विपन्न वर्गका जेष्ठनागरिकको आँखामा नयाँ ज्योती ल्याउन सफल भएको छ । गत आइतबारदेखि शुक्रबारसम्म चलेको उक्त स्वास्थ्य शिविरमा ३०० स्काउटले भोलिन्टेयर सेवा दिएका थिएँ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार