images
images

तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफको नाफा ११.०६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफको नाफा ११.०६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफको नाफा ११.०६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ४९ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीको नाफा गत आर्थिक बर्षको सोही अवधीसम्ममा ११.०६ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यस्तै, सोही अवधीमा कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ अर्ब २६ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १४ करोड २५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ५ अर्ब ६५ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २३.१५ प्रतिशतले वृद्धि भएर ६ अर्ब ९६ करोड पुगेको छ ।

    चैत्र मसान्तसम्ममा कम्पनीले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ८९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३.७२ प्रतिशतले घटेको हो।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २९ करोड ८८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड १९ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    कम्पनीले यस अवधिमा २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ०.९८ प्रतिशतले घटेको हो।

    समिक्षा अवधिमा कम्पनीले २२ करोड ९७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १८ लाख रुपैयाँ खर्चिएको थियो ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २०.५७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १९४.११ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार