चर्चित समाचार
  • सूर्यज्योति लाइफको सुबिधा युक्त डायनामिक क्युआर सेवा सञ्चालनमा

    सूर्यज्योति लाइफको सुबिधा युक्त डायनामिक क्युआर सेवा सञ्चालनमा

    बिहिवार, बैशाख २७ २०८१
    बिहिवार, बैशाख २७ २०८१
  • सूर्यज्योति लाइफको सुबिधा युक्त डायनामिक क्युआर सेवा सञ्चालनमा

    काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्यारेन्स लिमिटेडले सुबिधा युक्त डायनामिक क्युआर सेवा सञ्चालनमा ल्याएको छ । 

    सूर्यज्योति लाइफले आफ्ना प्रबिधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको हो । 

    डायनामिक क्युआर पेमेन्ट सिस्टम को उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण  मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ।  

    डायनामिक क्युआर पेमेन्ट सिस्टममा विभिन्न बैंकको नियमानुसार अधिकतम ३ लाख रुपैयाँसम्मको भुक्तानी गर्न मिल्ने सुबिधा रहेको र फोन पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आइपिएस एप लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।  
     
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री भन्छन्, “अरु क्षेत्रमा डायनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरकफरक क्युआर बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो । यस डायनामिक क्युआर पेमेन्ट सिस्टमको  मद्दतले सेवाग्राहीहरुले घरमै बसी आफ्नो मोबाईल अथवा सूर्यज्योति लाइफको वेबसाईट मार्फत्  आफ्नो विवरण भरि डायनामिक क्युआर प्राप्त गर्ने र सो डायनामिक क्युआर स्क्यान गरि छिटो छरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै  भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै एसएमएस मार्फत प्राप्त गर्न सक्नुहुनेछ ।”

    यो सुविधा लिन हाम्रा बिमितहरुले देश भरि रहेका १७८ शाखा कार्यालयहरु वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेवसाइटमा गई Services option वा https://services.suryajyotilife.com/ मा आफ्नो बीमालेख  र पोलिसी नम्बर राखी सजिलै लिन सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार