चर्चित समाचार
  • तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले ममायोको ५१ करोड ६३ लाख नाफा, अन्य वित्तीय सूचक कस्ता ?

    तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले ममायोको ५१ करोड ६३ लाख नाफा, अन्य वित्तीय सूचक कस्ता ?

    बिहिवार, बैशाख २७ २०८१
    बिहिवार, बैशाख २७ २०८१
  • तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले ममायोको ५१ करोड ६३ लाख नाफा, अन्य वित्तीय सूचक कस्ता ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ५१ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार २६ करोड ६६ लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५१ करोड ६३ लाख नाफा आर्जन गरेको हो । जुन गत आर्थिक बर्ष २०७९/८० को चैत मसान्तसम्मको तुलनामा २४.७८ प्रतिशतले घटेको हो । गत आर्थिक बर्षको सोही अवधीमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यस्तै, चैत्र मसान्तसम्ममा कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नाफासंगै कम्पनीले कुल बीमा शुल्क आर्जन पनि घटेको देखिएको छ । 

    कम्पनीको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९२ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म  स्पेसियल रिजर्भ शिर्षकमा ३ अर्ब ३१ करोड १३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५८ रुपैयाँ १९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६११ रुपैयाँ २९ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार