images
Logo
images
images
images

तेस्रो त्रैमाससम्मा सानिमा रिलायन्सले कमायो ३० करोड ४८ लाख नाफा, खुद बीमा शुल्क आर्जन कति ?

तेस्रो त्रैमाससम्मा सानिमा रिलायन्सले कमायो ३० करोड ४८ लाख नाफा, खुद बीमा शुल्क आर्जन कति ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    तेस्रो त्रैमाससम्मा सानिमा रिलायन्सले कमायो ३० करोड ४८ लाख नाफा, खुद बीमा शुल्क आर्जन कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार ४ अर्ब १८ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । 

    कम्पनीको यो नाफा गत आर्थिक बर्ष २०७९/८१ को तेस्रो त्रैमाससम्मको तुलनामा ९२.९४ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको छ ।

    चैत्र मसान्तसम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११८.९३ प्रतिशतले वृद्धि भएको हो ।गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

    त्यस्तै, चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । 

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । 

    कम्पनीले यस अवधिमा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ९६ लाख रुपैयाँ खर्चिएको थियो । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार