images
images

मनकामना केबुलकारका परिकल्पनाकार श्रेष्ठको जीवनी ‘गोरखाली साहस’ सार्वजनिक

मनकामना केबुलकारका परिकल्पनाकार श्रेष्ठको जीवनी ‘गोरखाली साहस’ सार्वजनिक

शनिवार, बैशाख २९ २०८१
शनिवार, बैशाख २९ २०८१
  • images
    images
    मनकामना केबुलकारका परिकल्पनाकार श्रेष्ठको जीवनी ‘गोरखाली साहस’ सार्वजनिक
    images
    images

    काठमाडौँ । नेपालकै पहिलो मनकामना केबुलकारका परिकल्पनाकार, निर्माता तथा व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको जीवनीमा आधारित पुस्तक सार्वजनिक भएको छ ।

    images
    images

    शुक्रबार राजधानीमा आयोजित एक समारोहका बिच स्व. श्रेष्ठको जीवनीमा आधारित  ‘गोरखाली साहस’ नामक पुस्तक परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको हो । 

    क्रियटिभ र भिजनरी व्यवसायी स्व. लक्ष्मण बाबु श्रेष्ठले नेपालमै पहिलोपटक मनकामना केबुलकार औपचारिक रूपमा २०५५ साल मंसिरदेखि सञ्चालनमा ल्याएका थिए । 

    पुस्तक बिमोचन समारोहमा बोल्दै स्व लक्ष्मण बाबुका छोरा तथा मनकामना दर्शन अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्ना बुबाले अनेक आरोह अवरोहका बीच व्यवसायको विविधीकरण अन्तरगत आफ्नो जन्मथलो गोरखामा केबुलकार निर्माण गरेको स्मरण गरे । 

    नेपालकै प्रख्यात तीर्थस्थलमा पहिलोपटक केबुलकार सञ्चालनमा ल्याएकोले यो पुस्तकमा उनलाई केबुलकारका स्रष्टा भन्दा अनुपयुक्त नहुने धारणा व्यक्त गरे।

    त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्व श्रेष्ठ दुरद्रष्टा रहेको भन्दै नेपाली समाजले उहाँलाई सम्झनु र प्रेरणा लिनुपर्ने बताए । 

    उनले उहाँलाई साहस र संकल्पका व्यक्ति दुरदृष्टि भएको व्यक्ति कर्मशील व्यक्तिका रुपमा स्मरण गर्नुपर्नेमा उनले जोड दिए। उनीसँग पारिवारिक रूपमा पनि जोडिन पाउँदा आफूलाई गर्व लागेको उनी बताउँछन् । 

    त्यस्तै पुस्तकका लेखक प्रा. डा जयराज आचार्यले पैसा कमाउने होइन मित्र कमाउने हो र शत्रुसँग पनि रिसाउनु हुन्न भन्ने जस्ता युक्ति छोडेर लक्ष्मणबाबु गएको बताए ।

    न्यु नेपाल प्रेसले प्रकाशन गरेको पुस्तकको अनुसन्धान तथा लेखन आचार्य र बिबेक गौतमले गरेका थिए। पुस्तक बिक्रीबाट संकलित रकम लक्ष्मण बाबु श्रेष्ठ स्मृति कोषमार्फत समाजिक सेवामा खर्च गरिने भएको छ।

    चितवन कोई निर्माण कम्पनीबाट व्यवसायिक जीवन आरम्भ गरेका श्रेष्ठले कृषि, केबुलकार, जलविद्युत व्यवस्थापन, ट्रेडिङ क्षेत्रमा लगानी गरेका थिए । 

    श्रेष्ठले दर्जनौँ राष्ट्रिय सम्मान प्राप्त पाउनुका साथै उनी अष्ट्रियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुतसमेत थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार