चर्चित समाचार
  • कृषि आधुनिकीकरण परियोजना, आठ हजारभन्दा बढी किसान आवद्ध

    कृषि आधुनिकीकरण परियोजना, आठ हजारभन्दा बढी किसान आवद्ध

    आइतवार, बैशाख ३० २०८१
    आइतवार, बैशाख ३० २०८१
  • कृषि आधुनिकीकरण परियोजना, आठ हजारभन्दा बढी किसान आवद्ध

    अत्तरिया (कैलाली) / कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आवमा आठ हजारभन्दा बढी किसान आवद्ध भएका छन् । 

    जिल्लामा परियोजनाद्वारा सञ्चालित ‘गहुँ सुपरजोन’,‘तेलहन जोन’ र ‘धान जोन’ कार्यक्रममा आठ हजार नौ सय ३५ जना किसान आवद्ध भएका हुन् । 

    चालु आव २०८०÷८१ मा तीन वटै जोनमा चार हजार नौ सय १७ महिला र चार हजार १८ पुरुष आवद्ध भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ कैलालीका सूचना अधिकारी रीतु धामीले जानकारी दिए । 

    उहाँका अनुसार चालु आवमा सहकारी, कृषि समूह, कृषि उद्यमी, बीउ उत्पादन कम्पनी र समिति गरी तीन सय ३५ संस्था सूचीकृत भएका छन् । 

    गहुँ सुपरजोन एक हजार पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर हाल तीन हजार हेक्टर, तेलहन जोन पाँच सय हेक्टरबाट एक हजार पाँच सय हेक्टर र धान जोन पाँच सय हेक्टरबाट क्षेत्रफल विस्तार भएर आठ सय हेक्टर पुगेको उहाँले जानकारी दिए । 

    कार्यक्रम सञ्चालन भएपछि गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिक टन प्रतिहेक्टरबाट वृद्धि भएर हाल चार दशमलव चार, तोरीको उत्पादकत्व  शून्य दशमलव नौ मेट्रिक टनप्रति हेक्टरबाट वृद्धि भएर एक दशमलव पाँच र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भएर पाँच दशमलव २७ मेट्रिक टन प्रतिहेक्टर पुगेको उनले जानकारी दिए । 

    ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा रहेको सूचना अधिकारी धामीले जानकारी दिए । 

    उनका अनुसार चालु आवमा साना सिँचाइ अन्तरगत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा एक सय ५६ वटा स्यालो ट्युवेल वितरण गरिएकोमा एक सय ४८ वटा जडानका लागि सम्झौता भएर काम भइरहेको छ । 

    त्यस्तै परियोजनाले चैते धानको क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत गत वर्ष ५० हेक्टरमा गरिएको चैते धान यस वर्ष एक सय २७ हेक्टरमा विस्तार गरेको सूचना अधिकारी धामीले जानकारी दिए । 

    लागत घटाएर कृषि आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा बीउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ । साथै परियोजनाले प्राविधिक सहयोगसमेत गर्ने गरेको जनाइएको छ । 

    जिल्लामा गहुँ सुपरजोन आव २०७३÷७४, तेलहन जोन आव २०७४÷७५ र धान जोन आव २०७८÷७९ मा सुरु भएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार