images
images

वाणिज्य बैङ्क सेयरमा झुम्मिए लगानीकर्ता, नेप्से परिसूचक १९९८.८९ विन्दुमा

वाणिज्य बैङ्क सेयरमा झुम्मिए लगानीकर्ता, नेप्से परिसूचक १९९८.८९ विन्दुमा

सोमवार, बैशाख ३१ २०८१
सोमवार, बैशाख ३१ २०८१
  • वाणिज्य बैङ्क सेयरमा झुम्मिए लगानीकर्ता, नेप्से परिसूचक १९९८.८९ विन्दुमा
    images
    images

    काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार बाणिज्य बैङ्कको सेयरमा लगानीकर्ताको चाप बृद्धि भएको देखिएको छ । लगानीकर्ताको आकर्षण बढेसँगै आज वाणिज्य बैङ्क उपसूहको परिसूचकसमेत ३२.८७ अङ्कले बढेको छ । 

    नेप्सेका अनुसार १३ ओटा उपसमूहमध्ये आज ८ ओटा उपसूहको परिसूचकमा हरियाली छाएको छ । वाणिज्य बैङ्क उपसमूहपछि आज लगानी समूहको परिसूचक पनि १.४८ अङ्कले बढेको देखिएको छ । त्यस्तै, विकास बैङ्क समूहको १२.५१ अङ्क, हाइड्रो पावर समूहको १३.६२ अङ्क, जीवन बिमा समुहको ५०.४४ अङ्क, वित्त समूहको ३०.१८ अङ्क, अन्य समूहको १४.१० अङ्क र म्युचुअल फण्डको ०.०४ अङ्कले परिसूचक बृद्धि भएको छ ।

    यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ। आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताले २२.६९ अंकले गुमाएका छन् । सोमबार अधिकांश परिसूचक बढेसँगै आज नेप्से परिसूचक र कारोबार रकम समेत बढेको छ । 

    आज नेप्से परिसूचक २४.३९ अङ्कले बढेर १९९८.८९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८३, फ्लोट इण्डेक्स १.७९ र सेन्सेटिभ फ्लोट इण्डेक्स २ अङ्क बृद्धि भएको छ । 

    आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि बढेको छ । यस दिन ३२० स्टकको ४५ हजार ८२८ पटकको कारोबारमा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको ९५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार भने ३ अर्ब १५ करोडको शेयर खरिद बिक्री भएको थियो । 

    त्यस्तै, आज नारायणी डेभलपमेन्ट बैङ्क, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, श्रृजनशील लघुवित्त र हिमालयन उर्जा विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको देखिन्छ भने गुराँस लघुवित्तको शेयरमूल्य पनि साढे ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । 

    आज सिवाइसी लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य आज सर्वाधिक बढी ५.६५ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ।

    सो कम्पनीको यस दिन ३० करोड ८० लाख रुपैयाँ बराबरको २८१ कित्ता संस्थापक शेयर खरिद बिक्री भएको छ। 

    त्यस्तै, यस दिन सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढी र कर्णाली डेभलपमेन्ट बैङ्कको ९ करोडबढीको सेयर कारोबार भएको छ । यसैगरी, पोखरा फाइनान्स र कुमारी बैङ्कको ६ करोडभन्दा बढीको सेयर कारोबार भएको देखिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार