चर्चित समाचार
  • नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष , लगानी गर्न चेम्बरको आग्रह

    नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष , लगानी गर्न चेम्बरको आग्रह

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष , लगानी गर्न चेम्बरको आग्रह

    काठमाडौँ / निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ ।
          
    नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवाहक राजदूत डा सवेस्टियन डोमजाल्स्कीबीचको भेटमा चेम्बरले पोल्याण्डलाई लगानी गर्न आग्रह गरेको हो ।
          
    भेटमा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले दुई मुलुकबीच आर्थिक सम्बन्ध विस्तारका लागि नेपालको  ग्रीन हाइड्रोजनमा लगानी गर्न कार्यवाहक राजदूतसमक्ष आग्रह गरे । “नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै यसको माग उच्च छ, पोल्याण्ड र नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि लगानीका लागि नेपाल आर्कषक गन्तव्य हो”, अध्यक्ष अग्रवालले भने । 
          
    उनले नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको उल्लेख गरे । अध्यक्ष अग्रवालले नेपालको जलविद्युत्, पर्यटन, खानीलगायतका क्षेत्रमा लगानी गर्नसमेत डा सवेस्टियनसमक्ष आग्रह गरे । 

    उक्त भेटमा आवासीय कार्यवाहक राजदूत डा सवेस्टियनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताएका थिए । दुई देशबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले फाइदा खोज्नुपर्ने उनको भनाइ थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार