images
images

राष्ट्र बैंकको तथ्याङ्क : चालु खाता ४९ अर्ब र शोधनान्तर स्थिति १०१ अर्ब बचतमा

राष्ट्र बैंकको तथ्याङ्क : चालु खाता ४९ अर्ब र शोधनान्तर स्थिति १०१ अर्ब बचतमा

मंगलवार, असोज २९ २०८१
मंगलवार, असोज २९ २०८१
  • राष्ट्र बैंकको तथ्याङ्क : चालु खाता ४९ अर्ब र शोधनान्तर स्थिति १०१ अर्ब बचतमा

    काठमाडौँ / चालु आर्थिक बर्षको दुई महिनामा चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२३ अर्ब ९७ करोडले बचतमा रहेको थियो । 

    images
    images
    images
    images

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १८ करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३७ करोड १ लाखले बचतमा रहेको छ ।

    भदौ महिनामा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब २० करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) रु. २ अर्ब ७१ करोड रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८५ करोड ८ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्वीटी मात्र) रु.३ अर्ब रहेको थियो ।

    यसैगरी, शोधनान्तर स्थिति १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५५ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड ७० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७५ करोड ७९ लाखले बचतमा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार