images
images

नेपाल एयरलाइन्सद्वारा चार जहाजको किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ भुक्तानी

नेपाल एयरलाइन्सद्वारा चार जहाजको किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ भुक्तानी

बिहिवार, कार्तिक १ २०८१
बिहिवार, कार्तिक १ २०८१
  • नेपाल एयरलाइन्सद्वारा चार जहाजको किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ भुक्तानी

    काठमाडौँ / नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ४ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापतको रकम भुक्तानी गरेको छ । 

    images
    images
    images
    images

    निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८१ आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजकोे आंशिक गरी मिति २०८१ आश्विन ३० गते ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ रकम भुक्तानी गरेको हो । 

    निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८१ असोजसम्मको अवधिमा ६ अर्व ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ । 

    साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार