images
images

कांग्रेसको संसद् अवरोधको अडान कायमै

कांग्रेसको संसद् अवरोधको अडान कायमै

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • कांग्रेसको संसद् अवरोधको अडान कायमै
    images
    images

    काठमाडौँ / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोधको अडान कायमै राखेको छ । सत्तापक्षसँग कुरा नमिलेपछि कांग्रेसले सदनमा अवरोधको अडान कायमै राखेको हो । 

    सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको कांग्रेसको भनाइ छ । बिहीबार दिउँसो सत्ता पक्ष र कांग्रेसबिच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले संसद् अवरोधको अडान कायम राखेको छ ।

    सत्ता पक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

    प्रतितिनिधिसभा बैठकअघि कांग्रेसका शीर्ष नेताबिच भएको छलफलले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार