चर्चित समाचार
  • जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न, महाप्रबन्धक पन्तले भने - एडभेन्चर क्लब स्थापना गर्नेछौँ

    जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न, महाप्रबन्धक पन्तले भने - एडभेन्चर क्लब स्थापना गर्नेछौँ

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न, महाप्रबन्धक पन्तले भने - एडभेन्चर क्लब स्थापना गर्नेछौँ

    काठमाडौँ / अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्सजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ । नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्सजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको हो । 

    जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने  उद्देश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले बताए । बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो । 

    बुटवलबाट सुरू भएको रारा एडभेन्चर राईडमा मारूती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वो भरी नै जिम्नी एउटा लाइफ स्टाईल एसयूभी को रूपमा निकै लोकप्रिय भएको पनि बताए । 

    साथै, उनले ९० भन्दा धेरै देशहरूमा लन्च भएको जिम्नी ३०००० भन्दा धेरै युनिट बिक्रि भईसकेको पनि बताए ।

    सो राईडमा  १० वोटा जिम्नी गाडीले  सहभागिता जनाएको थियो। राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो ।  

    jimney.jpg

    १३५ भन्दा बढी विद्यार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग  कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाला बिस्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।  

    राईडमा सहभागी एक जिम्नी  ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउदै भने, “रारा फेरि जानु एउटा इच्छा थियो, जिम्नी मैले यसको अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो, यो राईडमा जिम्नी को क्षमता अनुभव गर्न पाएँ ।  यो कार्यक्रममा विभिन्न क्षेत्रका अरू जिम्नी राईडरहरू भेट्न पाए, एउटा परिवार जस्तो भयौ हामी, यो राईड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु ।”

    त्यस्तै, अर्का जिम्नी ग्राहक  आदित्य थापाले भने, “म सोलो राइड धेरै पटक गएको छु, तर यो कार्यक्रममा अरू जिम्नी ओनर्ससँग जानु पाउदा अझै रमाइलो भयो । जिम्नी लिएपछि मलाई एकचोटी कर्णाली राजमार्ग जाने इच्छा थियो, यो राइड आयोजना हुदैछ भनि थाहा पाए पछि, ड्रिम कम ट्रु फिल भयो, यसरी संगठित र सुरक्षित तवरले आयोजना गरिदिनु भएकोमा म आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

    Jimney1.jpg

    कार्यक्रम बारे बोल्दै,  सिजी मोटोकर्प तथ सिजी नेक्सजेनका महाप्रबन्धक सिरज पन्तले अफ रोडिंग जिम्नीको मूख्य विशेषता भएको बताए । उनले भने, “हो, यो एउटा लाइफ स्टाइल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पूरा गर्दछ । यो कार्यक्रम आयोजना गर्नुको मूख्य उद्देश्य भनेको नै उहाँहरूलाई आफ्नो जिम्नीको क्षमता महसुस गरुन् र आफ्नो अनुभव एक अर्कामा आदान प्रदान गरी एउटा कम्युनिटीको रूपमा आगाडि बढोस् भन्ने  हो । आगामी दिनमा जिम्नीको आफ्नै एडभेन्चर क्लब स्थापना गरी यस्तो कार्यक्रम भविष्यमा सञ्चालन गर्नेछौँ । यो पहिलो संसकरण निकै सफल भयो र हामी सहभागी सबै जिम्नी ग्राहकलाई धन्यवाद दिन चाहन्छु । ”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार