images
images

नेप्से परिसूचक १५.८३ अङ्कले बढेको बजारमा ६ अर्ब ३४ करोडको कारोबार, वित्त समूहमा आकर्षण बढ्यो

नेप्से परिसूचक १५.८३ अङ्कले बढेको बजारमा ६ अर्ब ३४ करोडको कारोबार, वित्त समूहमा आकर्षण बढ्यो

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • नेप्से परिसूचक १५.८३ अङ्कले बढेको बजारमा ६ अर्ब ३४ करोडको कारोबार, वित्त समूहमा आकर्षण बढ्यो
    images
    images

    काठमाडौँ / सोमबार नेप्से परिसूचक १५.८३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से २ हजार ६ सय ८३.२४ बिन्दुमा उक्लिएको हो । आइतबार १०३ अङ्कले घटेर २ हजार ६ सय ६७.४० को बिन्दुमा खुम्चिएको नेप्से आज बढेको हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक बढेको भए पनि कारोबार रकम भने घटेको छ । 

    आइतबार ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको सेयर बजारमा आज भने कारोबार रकम सामान्य घटेको छ । सोमबार ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको हो । आज सेन्सेटिभ इन्डेक्स १.८६ अङ्कले बढेर ४७३.०६ बिन्दुमा पुगेको छ । 

    यो दिन ३०९ ओटा कम्पनीको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर ६५ हजार ८२४ पटकमा कारोबार भएको छ । नेप्से परिसूचक बढेसँगै बजार पुँजीकरण रकम समेत बढेर ४२ खर्ब  ४२ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
     
    वित्त समूहमा आकर्षण बढ्यो 

    कारोबारमा आएका समूहमध्ये यो दिन उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्डको बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ ।

    बढेका समूहहरूमध्ये आज वित्त समूहमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । यो दिन वित्त समूहको परिसूचक २.२७ प्रतिशतले बढेको हो । 

    त्यस्तै, अन्य समूहको १.६८ प्रतिशत, निर्जीबन बिमा समूहको १.२७ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक १.२४ प्रतिशत, विकास बैंक समूहको १.२१ प्रतिशत र लगानी समूहको परिसूचक १.०५ प्रतिशतले बढेको हो । 

    त्यस्तै, जीबन बिमा समूहको परिसूचक ०.२३ प्रतिशत, हाइड्रो पावर समूहको ०.४४ प्रतिशत, व्यापारिक समूहको ०.०९ प्रतिशत, लघुवित्त समूहको ०.१९ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक ०.११ प्रतिशतले बढेको छ । 

    ६ ओटा कम्पनीको मूल्यमा उच्च बृद्धि 

    सोमबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ भने अन्य पाँच कम्पनीको सेयर मूल्यमा उच्च बृद्धि भएको छ । बेस्ट फाइनान्स र सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ९.९१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८५ प्रतिशत, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ । 

    यता, ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सेयर मूल्यमा उच्च गिरावट आएको यो कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको देखिन्छ । ङादी ग्रुपले आज ५४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार