images
images

दोस्रो दिन पनि सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, आज प्रतितोला कतिमा हुदैछ कारोबार ?

दोस्रो दिन पनि सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, आज प्रतितोला कतिमा हुदैछ कारोबार ?

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • images
    images
    दोस्रो दिन पनि सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, आज प्रतितोला कतिमा हुदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूलयसूची अनुसार आज स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा नौ सय रुपैयाँले वृद्धि भएको जनाएको हो । 

    images
    images

    यस अघि जेठ ६ गते आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । 

    यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार एक सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ । 

    चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । आइतबार एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० रुपैयाँ निर्धारण भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार