images
images

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुदैछ खरिद–बिक्री ?

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुदैछ खरिद–बिक्री ?

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुदैछ खरिद–बिक्री ?

    काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सयले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका एक लाख ४५ हजार रुपैयाँमा कारोबार हुने भएको छ । 

    यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको हो । 

    यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार