images
images

अब टेलिकमको फाइबर इन्टरनेट र टेलिभिजन सेवा फोन गरेरै जोड्न र प्याकेज फेर्न सकिने

अब टेलिकमको फाइबर इन्टरनेट र टेलिभिजन सेवा फोन गरेरै जोड्न र प्याकेज फेर्न सकिने

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • images
    images
    अब टेलिकमको फाइबर इन्टरनेट र टेलिभिजन सेवा फोन गरेरै जोड्न र प्याकेज फेर्न सकिने
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमको फाइबर इन्टरनेट र टेलिभिजन सेवा फोन गरेरै जोड्न र प्याकेज फेर्न सकिने भएको छ । 

    images
    images

    टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको जनाएको हो । 

    नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका  एफटिटिएच सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सकिने कम्पनीले जनाएको हो । 

    यसैगरी नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यबस्था गरेको छ । 

    ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु subscription गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् । 

    यस सेवा सञ्चालनसँगै एफटिटिएच सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको छ ।

    1.JPG       

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार