चर्चित समाचार
  • १० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा, कतिको भयो आयात–निर्यात ?

    १० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा, कतिको भयो आयात–निर्यात ?

    भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको १० महिनामा आयात २.३९ प्रतिशतले घटेको छ भने निर्यात ३.६१ प्रतिशतले घटेको छ ।

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • १० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा, कतिको भयो आयात–निर्यात ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को बैशाख मसान्तसम्ममा आयात– निर्यात दुवै घटेको देखिएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको १० महिनामा आयात २.३९ प्रतिशतले घटेको छ भने निर्यात ३.६१ प्रतिशतले घटेको देखिएको हो । 

    विभागको तथ्याङ्क अनुसार १० महिनामा आयात २.३९ प्रतिशतले घटेर १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । 

    यस्तै, साउनदेखि वैशाखसम्म १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

    तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा व्यापार घाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार