images
images

मन्त्रिपरिषद् बैठकको १८ निर्णयहरू केके हुन् ?

मन्त्रिपरिषद् बैठकको १८ निर्णयहरू केके हुन् ?

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • मन्त्रिपरिषद् बैठकको १८ निर्णयहरू केके हुन् ?
    images
    images

    काठमाडौँ / सरकारले माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकको १८ निर्णय सार्वजनिक गरेको छ । बैठकले विद्युत प्राधिकरणलाई IL&FS Energy Development Company Limited को नेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९ लाख ७३ हजार १६३ कित्ता संस्थापक सेयर बिक्री गर्न स्वीकृत प्रदान गरेको छ । 

    IL&FS Energy Development  नेपाल-भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण लाइन निर्माणको लागि स्थापित Cross Border Power Transmission Compan को बिक्रीमा रहेको कम्पनी हो । 

    यसैगरी, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय छ । 

    त्यस्तै, सरकारले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने भएको छ ।

    यसैगरी आगामी फागुन ६ देखि ८ गतेसम्म climate change, Mountains and the Future of Humanit विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहभागी हुने भएका छन् । 

    त्यस्तै, बालसुधार गृह भक्तपुर, मोरङ, कास्की र वाँकको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल)बिच भएको सम्झौताको अवधि २०८२ साल असार  मसान्तसम्म थप गर्ने सरकारको निर्णय छ । 

    विस्तृतमा हेर्नुस् 

    0.JPG

    00.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार