काठमाडौँ / सुनको मूल्य रेकर्ड मूल्यबाट प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । सोमबार सबैभन्दा बढी प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार घटेर कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ र तेजावी सुन १ लाख ३९ हजार ९ सय रुपैयाँ रहेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ घटेर आज १ हजार ८ सय ८५ रुपैयाँ कायम भएको हो ।