चर्चित समाचार
  • सन नेपाल लाइफको साधारण सभा सम्पन्न : हकप्रद सेयर जारी गर्ने र लाभांश वितरण गर्ने निर्णय पारित

    सन नेपाल लाइफको साधारण सभा सम्पन्न : हकप्रद सेयर जारी गर्ने र लाभांश वितरण गर्ने निर्णय पारित

    बुधवार, जेठ ९ २०८१
    बुधवार, जेठ ९ २०८१
  • सन नेपाल लाइफको साधारण सभा सम्पन्न : हकप्रद सेयर जारी गर्ने र लाभांश वितरण गर्ने निर्णय पारित

    काठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ बार्षिक सााधारण सभा बुधबार सम्पन्न भएको छ । कालिकास्थान, काठमाडौँमा आयोजित सभा लाभांश वितरण र हकप्रद सेयर जारी गर्नेलगायतका निर्णय पारित गर्दै सम्पन्न भएको हो ।

    कम्पनीले आर्थिक बर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम तीन अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनश सेयर जारी गर्ने  भएको छ । 

    त्यस्तै, सभाले उक्त (वोनस सेयर तथा नगद लाभाशंमा लाग्ने करसहित) प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम ४ करोड ८४ हजार २१० रूपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुनेछ । 

    बिमा कम्पनीहरूको नियामक निकाय नेपाल बिमा प्राधिकरणको निर्देशन अनुसार पुँजी पुर्याउन कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो । 

    वोनस सेयर वितरण र हकप्रद सेयर निष्कासनपश्चात अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पनि साधारण सभाबाट पारित भएको कम्पनीले जनाएको छ । 

    उक्त साधारण सभाले आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरू सहितको वित्तिय विवरण र सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरू सहितको एकीकृत वित्तिय विवरणसमेत पारित गरेको छ । 

    साथै, सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा स्नेहा शर्मालाई निर्वाचित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरू पनि सभाले पारित गरेको बताइएको छ । 

    कम्पनीका अध्यक्षबाट कम्पनीको सुचाङ्क सन्तोषजनक रहेको तथा स्लोभेन्सी कायम रहेको, भ्यालु ओरिन्टेड व्यवसायिक अभ्यास गरेको, नीतिगत व्यवसाय अनुमान, जोखिममा आधारित व्यवसाय गर्न प्रतिबद्घ रहेको र कम्पनी अफ च्वाइस बन्ने दिशामा कार्यरत रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार