रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग, विशेषता र मूल्य यस्तो छ

रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग, विशेषता र मूल्य यस्तो छ

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • images
    images
    रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग, विशेषता र मूल्य यस्तो छ

    स्मार्टफोन बजार एक खेल मैदान जस्तै हो, जहाँ ठूला कम्पनीहरू र नयाँ खेलाडीहरू सधैं ग्राहकहरूको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदो अवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायती मूल्यहरूमा उत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थान राख्न सफल भएको छ ।

    images
    images

    यस सिरिजले गत वर्ष जस्तै किफायती मूल्यमा अपग्रेड गरिएका बलियो फिचर सहितका स्मार्टफोनहरू प्रदान गर्ने लक्ष्य राखेको छ । तर के यो केवल अर्को किफायती विकल्प मात्रै हो कि यसले केही विशेष पनि प्रदान गर्दछ ? शाओमीका स्मार्टफोनले हरेक रेन्जमा केही फरक प्रदान गर्दै आएको छ भने  रेड्मी नोट १३ पनि कम छैन । 

    भव्य डिस्प्लेः

    रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र  १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सगाएको छ । यसको मनमोहक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४०० ह १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ ।


    शक्तिशाली स्न्यापड्रागन ६८५ः
    स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएस को सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् । 


    १०८ मेगापिक्सेल पावरहाउसः
    रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीहरूमा छुट्टै चमक ल्याउँनेछ ।

    एक्स्ट्रा ब्याकअपः

    रेड्मी नोट १३ ले तपाईंको दिनभरको स्र्माटफोन प्रयोग सुनिश्चित गर्न ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर प्रदान गर्दछ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

    प्रयोग गर्न सजिलोः 

    एन्ड्रोइड १३ र एमआई यूआई १४ मा चल्ने रेड्मी नोट १३ मा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार साओमी हाईपर ओएस पनि अपग्रेड गर्न सक्छन् । साथै ईन–डिस्प्ले फिङ्गर सेन्सर सहित प्रयोगकर्ताहरूलाई सरल तथा आवश्यकता अनुसारको फिचरहरू प्रदान गर्दछ ।

    डल्बी एटमसले ट्यून गर्ने डूवल स्टेरियो स्पिकर, तथा १८०० निटस्को ब्राईटनेसले गर्दा रेड्मी नोट १३ लाई गेमिङ तथा भिडियोको लागि पनि उत्कृष्ट फोन बनेको छ । यो वाहेक रेड्मी नोट १३ लाई धुलो तथा पानी प्रतिरोधात्मक क्षमतामा आईपी ५४ रेटिङ्गे प्राप्त भएको छ । यो हेरेर भन्न सकिन्छ कि रेड्मी नोट १३ को सेक्युरिटी उत्कृष्ट छ ।

    सुपथ मूल्य उत्कृष्ट फिचरः 

    रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्र नभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो । यो फोनको ५,००० एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ ।

    एउटा स्टाइलिस, टिकाउ, र बलियो फोन खरिद गर्न चाहने प्रयोगकर्ताका लागि रेड्मी नोट १३ एक उत्कृष्ट फोन हो । यदि तपाईँ पनि किफायती मूल्यमा उत्कृष्ट ब्राण्डेड फोनको खोजिमा हुनुहुन्छ भने रेड्मी नोट १३ तपाइँको लागि उत्कृष्ट स्मार्टफोन हुनेछ । 

    मूल्य

    रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरूमा उपलब्ध छ । यी फोनहरूमध्ये ६/१२८ जिबिको मूल्य २४ हजार ९९९ रुपैयाँ छ भने ८/२५६ जिबिको मूल्य २७ हजार ९९९ रुपैयाँ छ । 

    ग्राहकहरूलाई प्रोत्साहन गर्नको लागि शाओमीले रेड्मी नोट १३ किन्दा २ हजार ९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६९९ को बन्डल अफरमा पाउन सकिनेछ ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार