सुनको भाउ प्रतितोला ७०० र चाँदी २५ रुपैयाँले घट्यो

सुनको भाउ प्रतितोला ७०० र चाँदी २५ रुपैयाँले घट्यो

बुधवार, असार १२ २०८१
बुधवार, असार १२ २०८१
  • images
    images
    सुनको भाउ प्रतितोला ७०० र चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौँ / बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । यसअघि प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ पर्ने छापावाल सुनलाई आज १ लाख ४१ हजार ६ सय रुपैयाँ पर्नेछ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ रुपैयाँ रहेकोमा आज घटेर १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदीको भाउ प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार