बुढानिलकण्ठ स्कुलका पूर्व विद्यार्थीहरूले सेब्स सन्ध्या कार्यक्रम गर्ने, टिकट खल्तीबाट खरिद गर्न सकिने

बुढानिलकण्ठ स्कुलका पूर्व विद्यार्थीहरूले सेब्स सन्ध्या कार्यक्रम गर्ने, टिकट खल्तीबाट खरिद गर्न सकिने

शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • images
    images
    बुढानिलकण्ठ स्कुलका पूर्व विद्यार्थीहरूले सेब्स सन्ध्या कार्यक्रम गर्ने, टिकट खल्तीबाट खरिद गर्न सकिने

    बुढानिलकण्ठ स्कुलका पूर्व विद्यार्थीहरूले आगामी जेष्ठ १२ गते बुढानीलकण्ठ स्कुलको प्राङ्गणमा एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् ।

    images
    images

    आफ्नो बाल्यकालको स्मृती उत्सवको रूपमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्ने पूर्व विद्यार्थीहरूले यस कार्यक्रमलाई उत्सव, प्रतिभा र सद्भावको पर्यायको रूपमा मनाउँदै आएका छन् ।

    पूर्व विद्यार्थीहरू, शिक्षकहरू, अभिभावक, कर्मचारी, स्थानीय बासिन्दा लगायतलाई एकै स्थानमा ल्याएर उत्सवको रूपमा मनाइने यो कार्यक्रम विद्यालयको प्राङ्गणमा बिहान ११ बजे सुरु भएर साँझसम्म चल्नेछ ।

    सेब्स सन्ध्या सांगितीक कार्यक्रमका लागि नविन कुमार भट्टराई, द अर्पिता, स्वप्न सुमन, द एस्टर्स, पँहेलो बत्ती मुनी, सुसान्त रा रागा, कडा, सलिल महर्जन लगायतले आफ्नो प्रस्तुती दिनेछन् । 

    संगित, खाना र अन्य मनोरञ्जनका भरपूर सामाग्रीहरू रहने यस कार्यक्रममा बुढानीलकण्ठ स्कुलका प्रतिभाशाली विद्यार्थी तथा पूर्वविद्यार्थीहरूलाई आफ्नो कौशल प्रस्तुत गर्ने अवसर दिलाउँछ भने विद्यार्थी बिचको अन्तरसम्बन्ध र भातृत्व विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार सेब्स सन्ध्याका टिकट खल्तीबाट खरिद गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार